रौतहट २७ फागुन ।

रौतहटको चन्द्रनिगाहपुरबाट अबैध लागु औषध सहित एक प्रहरी जवान पक्राउ परेको छ ।   बिशेष सुराकीको आधारमा प्रहरी टोलीले रौतहटको चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने चन्द्रनिगाहपुर चोकमा सर्लाहीको बागमतीबाट रौतहटको चन्द्रपुर नगरपालिका वडा नं.३ गैंडाटार वस्ने ईलाका प्रहरी कार्यालय हरिपुर सर्लाही दरवन्दी भई  ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा कार्यरत वर्ष ३२ को प्रहरी जवान कमल धामी पक्राउ परेका हुन । धामीले चलाएको ना.५८ प ९५४८ नं.को एफ.जेड. मोटरसाईकल रोकी चेकजाँच गर्दा सो मोटर साईकलको पछाडी सवार रहेका रौतहटको चन्द्रपुर नगरपालिका वडा नं.३ गैंटाडार वस्ने वर्ष ३० को राजु कुमरले मोटरसाईकलको सिटको बिचमा दुवै हातले समाई राखेको कालो पोलोथिन झोला भित्र लुकाई छिपाई ल्याएको ३ वटा प्याकेटमा–९००। टयाव्लेट लागु औषध NITRAZEPAM TABLETS IP NITRAVET–10  फेला परेकोले निजहरुलाई सो लागु औषध र मोटरसाईकल सहित नियन्त्रणमा लिई न्यायीक हिरासतमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here