गौशाला २७ फागुण ।
महोत्तरीमा प्रदेश दुईका राज्यमन्त्री कुशवाहाद्वारा २५ लाखको लागतमा भवनको शिलान्यास गरेको छ । प्रदेश दुईका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाद्वारा महोत्तरीमा २५ लाखको लागतमा विधालयको भवन शिलान्यास गरेको हो ।


रामगोपालपुर नगरपालिका वडा नम्बर ६ को विशमहरपुरमा रहेको श्री राजेन्द्र आधारभूत विद्यालयको २ कोठे पक्की भवनको शिलान्यास गरेका छ्न । बिहीबार एक कार्यक्रमबिच आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहादको संसदीय विकास कोषबाट रु।२५ लाखको लागतमा दुई कोठे भवन निर्माणको लागि शिलान्यास गरिएका छन् । उक्त कार्यक्रममा वडा अध्यक्ष, स्कूलका संस्थापक श्री राजेन्द्र महतो, प्रधानध्यापक, शिक्षकहरू, स्थानिय नेता तथा कार्यकर्ता लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here