सप्तरी २७ फागुण।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. १ बैरवामा आगलगि हुँदा ७ लाख बरावरको धन सम्पतीको क्षति भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका २ बैरवमा आज खाना पकाएको चुलोबाट अचानक आगलागि हुदा ७ लाख बराबरको क्षति भएको हो ।

आगलागीमा १ लाख नगद रुपैया, चामल, धान, गैहु,दाल , १ ओटा जस्तापाता छाना भएको घर,लुगाकपडा, भाँडाकुडा र खाट लगायत गरी ७ लाख रकम बरावरको धन सम्पतीको क्षति भएको पिडीत दुःखनी देवी बैधले बताइन्। स्थानीय अर्जुन पजियारका अनुसार आगलगि हुदा घरमा पिडीतको कोईनभएर खद्यान , लुगा कपडा लगायत सम्पुर्ण समान जलेर नष्ट भएको हो । यता स्थानीयरबासी, प्रहरी र नगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिएकोे कारण थप क्षती हुनबाट बस्ती जोगेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here