सप्तरी २३ फागुण ।
कटुवा पेस्तोलसहित दुईजना लाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–७ बस्ने २० वर्षीय महेन्द्रकुमार शर्मा र सोही गाउँपालिका ५ बस्ने १९ वर्षीय प्रभु साह छन्। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरीले राजविराज नगरपालिका–६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोलीसहित उनीहरुलाई पक्राउ गरेको हो । स ७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई उक्त पेस्तोल र गोलीसहित पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here