रौतहट १९ फागुण ।
नेपाली काग्रेसको सभापति शेर बहादुर देउवाले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई आवश्यक्ता परेको खण्डमा नेपाली काँग्रेसले निकास दिन तयार रहेको बताउनु भएको छ । रौतहटको गढीमाई नगरपालिका ६ धरमपुर सिंगारवन गाउँमा विष्णु पुराण महायज्ञको उदघाटन गर्दै सभापति देउवाले दुई तिहाई जनताको मत पाएर पनि सत्ता संचालन गर्न नसकी संघिय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था माथि ग्रहण लगाउन कुनै कसर बाँकी नराखिएको अवस्थामा मुुलुकलाई नेपाली काँग्रेसको आवश्यक्ता परे निकास दिन तयार रहेको स्पष्ट पार्नु भएको छ । महायक्षलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उहालाई छुटाउन आफू प्रयासरत रहेको समेत बताउनु भएको छ र्। रौतहट आउनु भएका पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिनु भयोे । नेपाली काँग्रेस मकवानपुरको अध्यक्ष इन्द्र वानियाले सनातन हिन्दु धर्म सहित सवै धर्म मान्नेहरुको धार्मिक स्वतन्त्रताको पक्षमा उचित सम्मान गर्दै नेपाली काँग्रेस नेपाली जनताको पक्षमा मुलुकको निकास दिन तयार रहेको बताउनु भयो । फागुन १९ गते देखि लिएर २९ गते सम्म संचालन हुने विष्णु पुराण महा यज्ञ मेलामा विभिन्न खेल तमाशा, रासलिला, रामलिला, सहितको विभिन्न झाकीहरु प्रदर्शन गर्न भारतबाट कलाकारहरु आएको गढीमाई नगरपालिकाको मिमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिनुभयो । काँगे्रस सभापति देउवालाई नगरपालिकाको तर्फबाट १०५ किलोको माला लगाएर स्वागत गरिएको थियो ।