रौतहट २० फागुन ।
रौतहटको चन्द्रनिगाहपुरमा गएराती एक घरमा आगलागी ३ लाख क्षति भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ स्थित थलाही टोल नहर वारी प्रसादी एकेडेमी नजिकै नहरको डिलमा रहेको फुसको विरेन्द्र रावतको घरमा बुधबार राती अन्दाजी साढे ११ बजे आगलागी भएको रावतकी श्रीमति शान्ति देवीले बताउनु भयो ।

राती सबै जना सुतिसकेको अबस्था एक्कासी घरमा आगो सल्किएपछि मात्र आफुले थाहा पाएकाले के कारण आगलागी भएको हो भन्न नसकिने उहाले बताउनु भयो । आगलागीबाट घरमुली विरेन्द्र रावत घाइते हुनु भएको छ । राती नै रावतको चन्द्रपुर अस्पताल प्रा.लि.मा प्राथमिक उपचार पश्चात विरगञ्ज रिफर गरिएको थियो ।

विरगञ्जमा पनि उपचार हुन नसकेपछि थप उपचारका लागी काठमाडौ रिफर गरिएको रावतका दाजु रामलाल पालले बताउनु भयो । घरमा परिवारका श्रीमान र श्रीमति मात्र रहेकाले रावत आफ्नो सम्पतिको नाममा रहेको ३ ओटा भैसी मात्र रहेकाले सो चौपायालाई जोगाउन खोज्दा रावत जलेका स्थानिय राजकुमार पटेलले बताउनु भयो ।

घरमा रहेका लताकपडा , अन्न सहित सम्पुर्ण सामग्री जलेर नष्ट भएको छ । सो घरमा गढीमाइ नगरपालिका मलाही टोलका एक अपाङ नख्खु सहनी मागेर राती बास बस्न पुगेका थिए तर उहाको ह्विल चियर पनि जलेर हिडडुल गर्न नपाएको गुनासो गर्नु भयो । आगलागीबाट ३ ओटा भैसी , २ बाख्रा , १ ह्विल चियर , १ टायर गाडा लगायत घर भित्र रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको छ । घरमा भएका सम्पुर्ण सामग्री जलेर नष्ट भएपछि सो परिवार घर न घाटको बनेको छ । आफ्नो सडकमा बास भएको तर कसैले गरिवको दुखमा साथ नदिएको स्थानिय रामबाबु रामले दुखेसो पोख्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here