रौतहट १७ फागुण ।
रौतहटको चन्द्रपुरमा सोमबार एक दिने निशुल्क आँखा शिबिर सम्पन्न भएको छ। रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले उद्घाटन गर्नुभएको सो सो शिबिरमा रौतहटका चन्द्रपुर नगरपालिका , गुजरा नगरपालिकाका , बृन्दावन नगरपालिकाका , गरुडा नगरपालिकाका , गढीमाइ नगरपालिकाका, माधवनारायण नगरपालिका तथा छिमेकी जिल्ला मकवानपुरको बकैया गाउपालिका लगायतका ६ सय जनाले आखाँ चेकजाच गरेका थिए ।

चन्द्रपुर नगरपालिकाको आयोजना र बर्दिबास आँखा अस्पताल, हिमालयन आई केयर फाउण्डेसन काठमाण्डौको प्राबिधिक सहयोगमा निशुल्क आँखा शिबिर संचालन गरिएको हो । शिविरमा जसमध्ये १२५ जना मोतिविन्दुका विरामीहरुलाई निशुल्क अप्रेसनको ब्यबस्था गरिएको बर्दिवास आखा अस्पतालका मुकुन्द पौड्यालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here