पर्सा १७ फागुण ।
लागूऔषध गाँजासहित प्रहरीले पर्साबाट एक महिलासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका ८ का सुकराम तामाङ र सोही ठाउँकी १९ वर्षीया अस्मिता तामाङ रहेका छन् ।
पर्सागढी नगरपालिका ९ स्थित बडेर्वाबाट एकटाँगातर्फ जाने कच्ची सडकमा शंकास्पद ढंगले पैदल हिँडिरहेको अवस्थामा उनीहरुको शरीर खानतलासी गर्दा प्लाष्टिकले बेरेको २,२ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूलाई आर्थिक प्रलोभन दिई मकवानपुरबाट पर्सागढी गाँजा ल्याउन लगाउने व्यक्तिको पहिचान भइसकेको र उनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here