रौतहट १७ फागुन ।
रौतहटको गौरस्थित जुद्ध माध्यामिक विद्यालयमा विद्यार्थीहरुले ताला लगाएका छन । विद्यालयले विद्यार्थीहरुबाट अनाधिकृत रुपमा चर्को शुल्क लिएको भन्दै विद्यालय प्रशासनसंग सोधपुछ गर्न जादा विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोप विद्यार्थीहरुले लगाएका छन । आफुहरुलाई विद्यालय प्रशासनले दुरब्यवहार गरेको भन्दै विद्यालयमा तालाबन्दि गरेको विद्यार्थीहरुले बताएका छन । मुलुक कै चौथो जेठो जुद्ध माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुसग नेपाल सरकार शिक्षा मन्त्रालयले निर्धारण गरेको भन्दा बढि शुल्क अनाधिकृत रुपमा लिएको भन्दै विवाद गरेका विद्यार्थीहरुलाई अभद्र व्यवहार गरकोले विद्यार्थीहरु आक्रोसित भएका थिए ।

विद्यालय प्रशासनले विद्यार्थीहरुलाहरुलाई अभद्र ब्यावहार गरेपछि आक्रोसित विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरिएको अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य रबी मिश्राले बताउनु भयो । सचिवालय सदस्य मिश्रले शिक्षा ऐन अनुसार कक्षा ११ मा ४०० र कक्षा १२ मा ५०० रुपैया दस्तुर लिने प्रावधान भएपनि विद्यालयका प्रधानाध्यापक, विद्यालय प्रशासनको मिलिमत्तोमा विद्यार्थीहरुसंग अनाधिकृत रुपमा चर्को शुल्क लिने विद्यालय प्रशासन एवं प्रधानाध्यापक विरुद्ध कारवाहीको माग समेत उहाले गर्नु भयो । विद्यार्थीहरुले ताला लगाएपछि गौर नगरपालिकाको नगर प्रमुख अजय कुमार गुप्ता सहित विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राकेश झा तथा अनेरास्ववियूका सचिवालय सदस्य मिश्र तथा विद्यार्थी नेताहरु विच छलफल पछि शिक्षा ऐनले तोके भन्दा बढि शुल्क नलिने सहमती भएको बताइएको छ । सहमती पछि करिव ६ घण्टा पश्चात विद्यालयमा लागाइएको ताला खुलाइएको नगर प्रमुख गुप्ताले बताउनु भयो । सो विद्यालयले विद्यार्थीहरुसंग नामाङकन शुल्क ३००, मासिक शुल्क ३०० , विद्यार्थी कल्याण कोष शुल्क ५०, आन्तरिक परिक्षा शुल्क १७५, बार्षिक शुल्क ४००, स्थानीय शुल्क १००, प्रयोगात्मक शुल्क १००, प्रवेश पत्र शुल्क ५०, टेष्ट शुल्क २००, परीक्षा व्यवस्थापन शुल्क १०० गरी ५ हजार ५० रुपैया शुल्क लिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here