रौतहट १५ फागुण ।
रौतहटमा प्रेस संगठन नेपालको जिल्ला कार्य समिति गठन गरिएको छ । जिल्लाको मध्य भागमा अवस्थित गरुडामा सक्रिय सञ्चारकर्मीहरुको भेलाले प्रेस संगठन नेपालको रौतहट जिल्ला कमिटी गठन गरिएको हो ।
फल्गुन १५ गते शनिबारका दिन प्रदेश २ को प्रेस संगठन नेपालको सह संयोजक मदन ठाकुरको अध्यक्षतामा बैठक बसी उक्त भेलाबाट १९ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो । नव गठित उक्त कार्य समितिका संयोजक डिल्ली बहादुर कार्की उर्फ सुब्बा कार्की, सह संयोजक संजय मिश्रा,सचिव प्रविण शर्मा,सह सचिव अरविन्द यादव, कोषाध्यक्ष हेमकुमारी घिमिरे, सदस्य रौशन कुमार चौधरी, आरएन पटेल, राजेश पासवान, रमेश सिंह, दिपेश पौडेल, ओम किशोर चौधरी, जितेन्द्र दास लगायत १९ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो । सो अवसरमा नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झा, पत्रकार अशोक पहाडी, मनोज कुमार साह, बरिष्ट पत्रकार एवं साहित्यकार संजय साह मित्र, अनमोल कार्की लगायत सक्रिय संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here