रौतहट १३ फागुण ।
रौतहटको चन्द्रपुरमा अबैध गोलाई सहित ३ ओेटा यात्रु बोेक्ने इ रिक्सा वन कर्मचारीले पक्राउ गरेको छ । डिभिजन वन कार्यलय रौतहट गैडाटार सव डिभिजन वन कार्यालयले विहिबार विहान सहिन्द्र झाको कमाण्डमा गएकोे वन गस्ति टोलीले सो इरिक्सा पक्राउ गरेको वन कार्यालयले जनाएको छ । चन्द्रपुर नगरपालिका क्षेत्रभित्रको सामुदायिक तथा राष्ट्रिय वनबाट सालका दाउराका रुपमा ठुला ठुला गोलिया ल्याउदै गर्दा सोे ३ ओटा नम्बर उल्लेख नगरिएका इरिक्सा नियन्त्रणमा लिइएको हो । सा साना दाउरा ल्याउने गरेका ति रिक्साले विहिबार सालका ठुला ठुला गोलियाहरु ल्याएकाले कानुन बमोजिम एक÷एक हजार जरिवाना असुल उपर गरि दाउराहरु वन कार्यालयमा नै राखि ति ३ ओटै इ रिक्सालाई छाडिएकोे सहायक वन अधिकृत अमरदेव प्रसाद यादवले बताउनु भयो । हाल वन क्षेत्रमा आगलागी हुने समय रहेको र जंगली जनावर बाघ समेत देखा परेकाले आम नागरिकहरुलाई जैगल प्रवेश गर्दा सचेत रहन समेत उहाले आग्रह गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here