रौतहट ।

नेपाली कला क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल भएकी अभिनेत्री नितु कोइराला नेपाल पछि भारतका विभिन्न कार्यक्रमहरुमा सम्मानित भएकी छिन् । सरल स्वभावकी धनी अभिनेत्री कोइराला सन २०२० का विभिन्न कार्यक्रममा समानित पछि यस वर्ष पनि भारतकै दुई स्थानमा सम्मानित भएकी छिन् । २० फेबुअरीका दिन दिल्लीमा आयोजित कार्यक्रममा सम्मानित भएकी अभिनेतृ नितु एक साता पनि नपुग्दैं भारतको उतर प्रदेशको राजधानी लखनउको एक कार्यक्रममा सम्मानित भएकी छिन् ।

२० फेबुअरी शनिवारबारका दिन भारतको राजधानी नयाँ दिल्लीमा फेस मिडियाद्धारा आयोजित फेस राष्टिय गौरब अर्वाडबाट सम्मानित भएकी नायिका २२ फेबुअरी सोमबारका दिन उतर प्रदेशको राजधानी लखनउमा विश्व मानव अधिकार परिषदद्धारा आयोजित कार्यक्रममा नेशनल कन्फ्रेन्स अर्वाड २०२१ बाट सम्मानित भएकी छिन् । मानव अधिकार क्षेत्रमा कार्य गर्ने भारतका प्रख्यात व्यक्तिहरुलाई सम्मानित गरिएको उक्त कार्यक्रममा नेपाल र भारतबाट नितु कोइरालालाई भन्ने कलाकारिता क्षेत्रको पहिलो व्यक्तिको रुपमा सम्मानित गरिएको हो । नेपालमा बिभिन्न गिती एल्बमका साथै साना तथा ठुला पर्दाका फिल्म खेलि सकेकी अभिनेत्री नितु कोईराला भारतका विभिन्न स्थानमा भएका सांस्कृतिक कार्यक्रमहरुमा समय समयमा सहभागी हुनुको साथै जज समेतको भुमिका गरि सकेकी छिन् । कलाकारीता क्षेत्रका बाहेक समाजिक क्षेत्रका कार्यमा विषेश रुचि राख्ने गरेकी अभिनेतृ कोइरालाको कलाकारिता क्षेत्रमा एउटा छुट्टै पहिचान रहेको छ । धनले मात्रै नभई मन क्रम र बचनले समेत समाजमा केही गर्न सकिन्छ भन्ने भावना बोकेकी अभिनेत्री कोइरालाको यो कार्यबाट नेपालीहरुको शिर उच्च भएको छ ।

अगामी २८ फेबुअरी अर्थात आउने आईतबारका दिन नयाँदिल्लीमा आयोजना हुन गइरहेको एक ठुल्लै समारोहमा पनि उनलाई भव्यताका साथ सम्मानित गरिने तयारी रहेको अभिनेत्री कोइरालाले जानकारी गराएकी छिन् । हाल उनी भारतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु तथा अर्वाड ग्रहणका लागि भारत भ्रमणमा रहेकी छिन् । यस अघि उनी नेपालमा आयोजित विभिन्न कार्यक्रम तथा भारतका प्रायः प्रसिद्ध प्रान्तहरुमा समेत लगाताररुप विभिन्न किसिमका अर्वाडहरु प्राप्त गरिसकेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here