रौतहट, ११ फागुन ।
रौतहट प्रहरीले दुर्गा भगवती गाउपालिकाको बागमती खोलामा जुवा खालबाट १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरी स्थित रहेको बागमती खोलामा बन्दै गरेको पुल भन्दा अंन्दाजी ५०० मिटर दक्षिण तर्फ रहेको काँस घारी भित्र कौडा खेलिरहेको अवस्थामा विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट संयुक्त रुपमा प्रहरी टोली खटि गएको टोलीले नगद नेपाली ५ लाख १६ हजार, १२ वटा मोबाईल र ३ वटा मोटरसाईकल समेत बरामद गर्दै १३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
खटी गएको सयुक्त प्रहरी गस्तीटोलीले गरुडा नगरपालिका वडा नं ५ वस्ने राजेन्द्र महतोको छोरा अंन्दाजी ४४ वषिर्या गजेन्द्र महतो, सर्लाही रामनगर गाउँपालिका वडा नं।२ वस्ने विनोद राय यादवको छोरा ३६ वर्षिया युवराज अधिकारी, रौतहट दुर्गाभगवती गाउँपालिका वडा नं।२ वस्ने विन्देश्वर महरोको ३२ वर्षिया छोरा राम किशोर महतो, गरुडा नगरपालिका वडा नं।४ वस्ने लङगर राउतको ५० वर्षिया छोरा राम वचन राउत, सर्लाही रामनगर गाउँपालिका वडा नं।२ वस्ने दिपन रायको ४७ वर्षिया छोरा नन्दलाल राय यादव, सोही गापा वस्ने रामविलास राय यादवको ४० छोरा महेश यादव, रौतहट दुर्गा भगवती गाउँपालिका वडा नं।३ वस्ने चुलाही शेखको ३९ वर्षिया छोरा मोबारक शेख, गरुडा नगरपालिका वडा नं।५ वस्ने रामदेव साहको ४७ वर्षिया छोरा मौजेलाल साह, सर्लाही रामनगर गाउँपालिका वडा नं।२ वस्ने प्रसाद रायको ४५ वर्षिया छोरा भाग्यनारायण प्रसाद राय यादव, सोही गापा वस्ने रामसागर राय यादवको ४९ छोरा रामप्रवेश राय यादव, सोही गापा वस्ने तपेश्वर ठाकुरको ३८ वर्षिया छोरा देवनारायण ठाकुर, सोही गापा बस्ने अवतार सहनीको ५३ वर्षिया छोरा लक्ष्मी सहनी र रौतहट दुर्गाभगवती गाउँपालिका वडा नं।२ वस्ने ब्रम्ह नारायाण साहको ४५ वर्षिया छोरा अशोक साहलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरी कार्यालय गौरले जनाएको हो ।







