रौतहट ७ फागुण ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा विहिबार लैङ्गिक समान्ता र महिला नेतृत्व विकास तालिम सम्पन्न भएको छ । हेमन्ती नेपालको सहयोगमा सो तालिम दिइएको थियो । फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको माँ सरस्वती विधा मन्दिर सन्तपुरमा सो तालिम दिइएको थियो । तालिममा डाक्टर सुशिला कुमारी र जेन लामा प्रशिक्षण दिनु भएको थियो । तालिममा ५ वटा समूहका ४० जना महिलाहरुको सहभागिता रहेको लामाले जानकारी गराउनु भएको थियो । यस अवसरमा कार्यक्रम संयोजक सरिता तमाङ्ग , शिवपूजन साह , शारदा राइ सहित दर्जनौं स्थानिय भद्रभलादमीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here