रौतहट ७ फागुण ।
रौतहट जिल्लामा ७ दिने बृहत पोषण विशेष सेवाहरु सम्बन्धि तालिम सम्पन्न भएको छ । बालबालिकाहरुको पोषण स्थिती सुधार गर्नको लागि यस सँग सम्बन्धित सेवाहरुको बारेमा स्वास्थ्य कर्मीहरुको क्षमतालाई अभिवृदि गर्ने उद्धेश्यले तालिम को आयोजना गरिएको थियो ।
गरुडा नगरपालिका र माधवनारायण नगरपालिकाका स्वास्थ्य कर्मिहरुलाई तालिममा सहभागि गराईएको थियो । गत बिहिबार देखी सुरु भएको तालिम फाल्गुन ५ गते सम्म संचालन भएको थियो ।
तालिमको समापन कार्यक्रमको समापन आरडिसी नेपाल रौतहटका अध्यक्ष पारस हुसेनले गरेका थिए ।
सो तालिममा २१ जना स्वास्थकर्मीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here