रौतहट ३ फागुण ।
रौतहटको चन्द्रपुर ६ शान्तीनगरमा आज देखि श्रीमद भागबत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । श्री कृण्ण प्रणामि मन्दिर चन्दपुर ६ शान्तिनगरको १२ औ बार्षिक उत्सबको पावन अबसरमा महायज्ञको आयोजना गरिएको हो । सो महायज्ञको आज बिघटित प्रतिनिधि सभाका सदस्य देब प्रसाद तिमल्सिना र श्रीमद भागबतचार्य शास्त्री पुरुषोतम खतिवडाले पानसमा बती बालेर उदघाटन गर्नु भएको छ । महायज्ञको उदघाटन गर्नुहुदै बिघटित प्रतिनिधि सभाका सदस्य देब प्रसाद तिमल्सिनाले मानब जातीको शान्तिका लागि पनि महायज्ञ लगाउनु पर्ने बताउनु भयो । महायज्ञले आध्यात्मिक ज्ञान मात्र नभएर मन लाई शान्त बनाउन समेत मद्धत गर्ने उहाले बताउनु भयो । महायज्ञ आज देखि ९ गते सम्म सञ्चालन हुनेछ । मुमिम बजगाईको सभापतित्वमा सो महायज्ञ लगाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here