बारा, २ फागुन ।
किर्ते हस्ताक्षर गरको अभियोगमा बयानका लागि बाराको सिम्रौनगढ नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत सहित ३ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
आर्थिक वर्ष २०७७।०८७ को लागि असार महिनाको ८ गते आयोजना भएको नगर परिषदमा ५ जनाको हस्ताक्षर किर्ते गरीएको बिधि बिज्ञान केन्द्र काठमाण्डौबाट प्रमाणित गरापछि कपिलदेव साह नगर सभा सदस्यको हस्ताक्षर किर्ते भनि प्रमाणित भएको थियो ।
नगर सभा सदस्यहरु रम्भा देबि, पना देवी चमईन, श्रीपति देवी दुसादिन तथा कार्यपालिका सदस्य रमावति कुश्वाहाको हस्ताक्षर शंकास्पद रहेको छ ।
नगर सभा सदस्य र कार्यापालिका सदस्यहरुले आफुले नगर सभामा हस्ताक्षर नगरेको रेखा जाँच केन्द्र रोनास्ट काठमाडौबाट प्रमाणित गराई पुस १९ गते जिल्ला प्रहरी कार्यालय बारामा मुदा दर्ता गरे पछि प्रहरी २९८ दर्ता रहेको मुदामा बयानका लागि बोलाएको हो।

उक्त मुदाको अनुसन्धान गर्दै जादा शुक्रबार सिम्रौनगढ नगरपालिकाका लेखा अधिकृत सर्बेन्द्र चौधरी र योजना अधिकृत जितेन्द्र प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानमा राखिएको जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी गराएका छन ।
त्यस्तै गरि सोही मुदाका अर्का आरोपी सिम्रौनगढ नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत हरिओम जैस्वाल आईतबार सरकारी वकिल कार्यालय बारामा उपस्थित भएपछि बयान लिई पुनः तिनै जनालाई प्रहरी कार्यालय बारामा पठाईएको छ। थप अनुसँधान गर्नको लागि सम्मानिय अदालतबाट म्याद थप गर्न पत्र तयार भएपछि अदालतमा पेश गर्ने सरकारी वकिल कार्यालय बाराका बरिष्ट वकिल महेन्द्र बहादुर थापाले बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here