रौतहट २ फागुण । रौतहटकाे ईशनाथ नगरपालिका वड़ा नम्बर ३ का वड़ा अध्यक्ष कैलाश राउतले नगरपालिकाको भवन निर्माणको लागि जग्गा उपलब्ध गराउनु भएको छ ।
स्थानीय तहको निर्वाचन हुनु अगावै देखि भाड़ाको घरमा सञ्चालन हुदै आएको नगरपालिका कार्यालयको आफ्नो भवन निर्माण गर्नको लागि वड़ा अध्यक्ष राउतले आफ्नो निजी जग्गा नगरपालिकालाइ निशुल्क दिनु भएको हो ।
स्थानीय औरैयामा रहेका जनता माध्यमिक विद्यालयको मैदानमा आयोजित एक कार्यक्रममा नगरपालिकाको भवन निर्माणको लागि ३ कठ्ठा जग्गा दिने वड़ा अध्यक्ष राउतलाइ नगर प्रमुख संतोष मेहताले सम्मान गरेका छन ।
आफ्नो जग्गा नभएको कारण कार्यालयको भवन निर्माण नहुन सकेकोले अव छिटै भवन निर्माणको प्रक्रिया अगाडी बढाइने मेयर मेहताले बताएका छन । मेहताले आफ्नो जग्गा निशुल्क दिएर वड़ा अध्यक्ष राउतले ऐतिहासिक कार्य गरेको भन्दै आभार व्यक्त गरेका हुन ।
वड़ा अध्यक्ष राउतको नाम नगरपालिका रहुन्जेल सम्म रहने छन सार्वजानिक कार्यको लागि आफ्नो निजी जमीन दिने व्यक्ति कोही कोही मात्र हुन्छ । सोही कार्यक्रममा मेयर मेहताले ४ गते बसंतपंचमीको अवसरमा शिलान्यास गर्ने घोषणा गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here