रौतहट १ फागुण ।
रौतहटको गौरमा चक्कु प्रहारबाट दुईजना घाइते भएका छन ।
गएराति गौर नगरपालिका ७ सिसवा टोलमा चक्कु प्रहार हुदा गौर १ का सुरेश दास र अनिल दास घाइते भएका हुन । गौर नगरपालिका ७ सिसवाकी एक महिलाको विषयमा विवाद हुदा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।
श्रीमान वैदेशिक रोजगारको शिलशिलामा बाहिर रहेका बेला छिमेकी रामसोगारथ पासवानले ति महिलालाई पछयाउने गरेकोले उनले सो बारे आफ्ना आफन्तलाई फोन मार्फत जानकारी गराएकी थिइन ।
गएराती पासवान महिलाको घरमा प्रवेश गर्न खोज्दा महिलाले फोन गरी आफन्तहरु बोलाएपछि पासवानका छोरा सहितका आफन्तले महिलाका दुई भाइलाइ चक्कु प्रहार गरेका थिए ।
राम्सोगारथका छोरा राजु पासवान, आफन्त बालदेव पासवान, विसु पासवान, राजन पासवान र विकास पासवानले आक्रमण गरि चक्कु प्रहार गरेको महिलाले बताइन । गम्भीर घाईते दुवै युवकको गौर अस्पतालमा उपचार भईरहेका छ ।
घटनाका दोषीहरु हाल फरार भएको र उनीहरुको खोजतलास जारी रहेको प्रहरी उपरिक्षक सिद्धी विक्रम शाहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here