रौतहट १ फागुण ।
कटहरीयामा नेपाली काङ्ग्रेस क्षेत्रिय कार्यसमितिको क्षेत्रिय भेला सम्पन्न भएको छ ।
जिल्लाको कटहरीयामा नेपाली काङ्ग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं ३ द्वारा आयोजित क्षेत्रिय भेला भव्य उपस्थितिमा सम्पन्न भएको हो ।
सो भेलाको प्रमूख अतिथि संविधान सभा सदस्य सुनिल कुमार यादव९ जितेन्द्र ० ले गर्नु भएको थियो । प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको असंवैधानिक कदमको विरुद्धमा अगामी फागुन ३ गते रौतहटको सदरमुकाम गौरमा हुने विरोध कार्यक्रमको तयारीको लागि कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीका अगुवा कार्यकर्ताहरुसँग आगामी योजनाको लागि छलफल गरिएको छ ।

नेपली काङ्ग्रेस पार्टीका सम्पूर्ण कार्यकर्ता एक भयर जुटौ र असँवैधानिक कदमका विरुद्धमा उठौ भन्ने मूल विचारका साथ लोकतान्त्रिक सँविधानको रक्षाका लागि विरोध प्रदर्शनमा सहभागी हुन पार्टीको तर्फबाट सम्पूर्ण नेता कार्यकर्ताहरुमा अपिल गरिएको थियो ।

कार्यक्रममा रौतहट क्षेत्र नं ३ नेपाली काँग्रेसका शीर्ष नेताहरु, कार्यकर्ता, बुद्धिजीवी लगायत सर्व साधारणको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here