सर्लाही, ३० माघ ।
सर्लाहीमा बिहीबार साँझदेखि हराएको एकजना बालकको नालामा डुबेर मृत्यु भएको छ ।
सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ५ बस्ने ब्रहमदेव साहका ३ वर्षीय छोरा हिमांसुको नालामा डुबेर मृत्यु भएको हो ।
बिहीबार साँझदेखि हराएका हिमांसुको खाजी गर्ने क्रममा घर अगाडिको नालामा मृत फेला परेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here