रौतहट, २८ माघ । क्वेस्ट फर्मास्युटिकल्स प्रा.लि.को आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित विज्ञान प्रयोगशाला समुदघाटन तथा हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले शिक्षाको गुणस्तरमा सबैको सहयोगको अपेक्षा रहेको बताउनु भएको छ।
बुधबार श्री नेमधारी वासुदेव नमूना माध्यमिक बिद्यालय राजदेवी नगरपालिका ७ मुड्वालवामा आयोजित कार्यक्रमलाई उदघाटण गर्दै कार्यक्रम का प्रमुख अतिथि प्रजिअ यादवले नेपाल सरकार माध्यमिक शिक्षालाई अनिवार्य र नि:शुल्क शिक्षाबाट कोहि पनि बन्चित हुन न परोस् भने उदेश्यमा सबैको साथ दिनुपर्नेमा जोड दिनु भएको हो।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाज सेबि एबम ने.क.पा .रौतहटका नेता राजकिशोर प्रसाद यादव क्वेस्ट फर्मास्युटिकल्सका मैनेजर अनिल प्रसाद जयसवालले आफुले अध्यन गरेको बिद्यालयलाई करिब ७ लाख मुल्य बराबरको बिज्ञान प्रयोगशाला सामाग्री प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गराउन पाउदा आफुलाई गर्ब भएको बताउनु भएको छ।
सामुदघाटण तथा हस्तान्तरण कार्यक्रमको स्वागत बिद्यालयका प्रधानाध्यापक रबि शंंकर यादवले गर्नु भएको थियो ।








