रौतहट, २८ माघ ।
प्रशासनिक सेवामा सक्रिय देखिनु भएका रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समाजिक सेवामा पनि उतिकै सक्रिय हुन थालेका छन् । जिल्लामा आए देखि सुरक्षा व्यवस्था कडाका साथै सर्वसाधारणका समान्य समस्याको सहजरुपमा निकास दिदैं आउनु भएका प्रजिअ यादव आफनो सेवालाई निरन्तरता दिदैं अगाडी बढी रहेको देखिएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय रौतहटमा सेवा लिन आएका जाडो पिडितहरुलाई रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव न्यानो कपडा बितरण गर्नु भएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटको समाजिक संजाल फेसबुक पेजमा सार्वजनिक भएको तस्वीरहरु मार्फत प्रजिअ यादवले ज्येष्ठ नागरिकलाई न्यानो लुगा तथा कम्बल वितरण गरेको जानकारी प्राप्त भएको हो ।
यस अघि प्रजिअ यादवले नागरिकता नपाएका व्यक्तिको घरमै पुगि नागरकिता वितरणको कार्यलाई अगाडी बढाएका थिए भन्ने जनताको समस्या सुन्न कार्यालयमै जनता दरवार पनि लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here