सर्लाही २७ माघ ।
सर्लाहीमा नालामा डुबेर एक बालकको मृत्यु भएको छ। मलंगवा नगरपालिका–१० स्थित नारायण धर्मशालाको अगाडी सडक छेउको ढलमा डुबेर बालकको मृत्यु भएको प्रहरीले बताएको छ। लालबन्दी नगरपालिका बस्तिपुर घर भइ हाल मलंगवा १० मा होटल सञ्चालन गर्दै आएका प्रमोद अधिकारीको १४ महिने छोरा राज अधिकारीको मृत्यु भएको हो ।

शुक्रवार साँझ खेल्ने क्रममा ढलमा डुबेर घाइते भएको बालकको स्तुति सौम्या हेल्थ केयर मलंगवामा प्राथमिक उपचार गरि थप उपचारको लागि काठमान्डौ लगिएको र त्यही उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

सडक निर्माणका क्रममा बनाइएको ढल खुल्ला छाडिएका कारण ढलमा जमेको पानीमा डुबेर मलंगवामा बालकको मृत्यु भएको हो ।खुल्ला छाडिएका नालहरु छोप्ने तर्फ नगरपालिकाको ध्यान नगएको कारण दुर्घटना बढेकोले नगरपालिकाको अविलम्ब ध्यान जानु पर्ने नागरिक समाज सर्लाहीका महासचिव शिवशंकर चौधरीले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here