रौतहट २७ माघ ।
रौतहटको गौरमा मुस्लिम आयोगले एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लाका स्थानीय तहका जनप्रतिनिधि तथा पदाधिकारीहरु संग मुस्लिम समुदायको हकहित संरक्षणका बारेमा आयोगले अन्तरक्रिया कार्यक्रम गरेको हो ।

जिल्ला समन्वय समितिको सभाकक्षमा भएको कार्यक्रममा मुस्लिम संगठनका अध्यक्ष समिम मिया अन्सारीको उपस्थीति रहेको थियो ।
कार्यक्रममा जनप्रतिनिधि तथा सहभागीहरुले मुस्लिम समुदायले भोगिरहेको समस्याहरु तथा स्थानिय सरकारले गरेका कामहरुको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा आयोगका अध्यक्ष अन्सारीले सबै समुदाय, वर्गलाई समान अधिकार पाउनु पर्नेमा जोड दिएका थिए ।
मुस्लिमहरुको हकहित र सशक्तिकरणको स्थितिहरुबारे सुझाव संकलनको लागी मुस्लिम आयोगले सो कार्यक्रमको आयोजना गरेका थियो ।


कार्यक्रममा स्थानिय निकायका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here