रौतहट २७ माघ ।
डिभिजन वन कार्यालय रौतहटले सालको अवैध गोलिया बरामद गरेको छ ।
रौतहटस्थित डिभिजन वन कार्यालय चोंचाका प्रमुख राजेश साहको नेतृत्वमा गएको सशस्त्र वन गस्ती टोलीले गएराती गुजरा नगरपालिकाको मैढा टोल नजिकै ६ वटा साइकलमा ६ वटा सालको गोलिया काठ बरामद गरेको हो ।
बरामद काठ २९ कयु।फिट भन्दा बढी रहेको प्रमुख साहले बताएका छन ।अवैध रुपले वनबाट काठ लगेको सूचनाको आधारमा गएको गस्ती टोलीलाई देखेर काठ तस्कर भने फरार भएका थिए ।
बरामद काठ र साइकल डिभिजन वन कार्यालय चोंचामा राखिएको तथा तस्करको खोजी भैरहेको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here