रौतहट २६ माघ ।
रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका ४ बसपार्क नजिकैको सडकबाट परोह नगरपालिका १ जिँगडवा वेलविछुवाका २७ वर्षीय मोहमद दिलसाद आलम सोमबार पक्राउ परेका हुन् ।

रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार स्कुटरमा सवार आलमको साथबाट २१ लाख ९० हजार रुपैयाँ बरामद भएको छ । रु. १ हजार दरका १८१०, रु, ५ सय दरका ४८०, रु, १ सय दरका ३००, रु, ५० दरका १८००, रु, २० दरका ९०१ र रु, १० दरका २०० वटा नोट बरामद भएको श्रेष्ठले बताए ।मोहमद दिलसाद आलमको नाममा ३१ लाख १६ हजार उल्लेख भएको चेकसमेत बरामद भएको उनले बताए ।
पक्राउ परेका आलमलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको श्रेषठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here