रौतहट,२४ माघ ।
रौतहटको गुजरा नगरपालिकामा शनिवारबाट मेयरकप क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।
गुजरा नगरपालिका वाड न ४ टोल कनकपुरमा गुजरानगरपालिकाको नगरकोषको बजेटबाट गुजरा मेयर कप क्रिकेट सुरु भएको हो ।

गुजरा नगरपालिकाका नगर प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि श्री सन्तलाल प्रसाद चौधरी तथा नगर उपप्रमुख एवम बिशेष अथिति श्रीमती रौशन खातुन शेखले टुर्नामेन्टको सयुक्तरुपमा उदघाटन गर्नु भएको हो ।


कार्यक्रममा कार्यपालिका सदस्य पुनित राम वडा अध्यक्षहरु नगर सभा सदस्यहरु लगायत विभिन्न संघ सस्थाका कर्मचारी विभिन्न राजनीति दलका नेताहरु र नगरका युवा शिक्षा बिद्यार्थीहरुको बाक्लो उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here