काठमाडौं २३ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरेको पदाधिकारीहरुको नियुक्तिविरुद्ध रिट निवेदन दायर गर्न सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालत पुगेका छन्।
सभामुख सापकोटा आफैँ अदालतमा उपस्थित भएर गैरसंवैधानिक रुपमा गरिएको नियुक्ति खारेज गर्न माग गर्दै रिट निवेदन दायर गर्न लागेका हुन् । सापकोटासँगै विघटित प्रतिनिधि सभाका सांसद शशी श्रेष्ठ र रामकुमारी झाँक्री सर्वोच्च अदालत परिसरमा पुगेका छन्।
सभामुख सापकोटाले केही बेरमा यसबारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन् । उनले सुनुवाइ गर्ने समिति नभएको भन्दै संवैधानिक परिषदका सिफारिस फिर्ता पठाएका थिए।








