वीरगञ्ज २३ माघ ।
१० करोड १५ लाख रुपैयाँको लागतमा बाराको दूधौरा नदीमाथि बन्ने पुलको शिलान्यास गरिएको छ । परवानीपुर गाउँपालिका– १ रहरियाडिह र प्रसौनी गाउँपालिका– ५ लाई जोड्ने पुलको शिलान्यास गरिएको हो ।
शुक्रबार प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले पुलको शिलान्यास गरेका थिए । ८२ मिटर लामो र ११ मिटर चौडा पुल निर्माणको जिम्मा रायमाझी अबलिक आजाद कम्पनीले लिएको छ । २० महिना भित्र पुल बनाइसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख रहेको रमेश सर्राफले जानकारी दिनुभयो । यो पुल बनेपछि परवानीपुर गाउँपालिकाको सदरमुकाम कलैयासँग सिधा सम्पर्क कायम हुन्छ ।
पालिकाको केन्द्र जोड्ने सडक, पालिका पालिका जोड्ने सडक, सम्पूर्ण पालिकालाई र पालिकाको केन्द्रलाई जिल्ला सदरमुकामसँग जोड्ने सडक, जिल्ला सदरमुकामसँग हाईवे जोड्नेगरि सडक निर्माण गर्ने प्रदेश सरकारको योजना छ । सडकसँगै सडकमा पर्ने पुल पुलेसाहरु पनि बनाइने मन्त्री सोनलल जनकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here