काठमाडौँ २३ माघ ।
उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले नेकपा प्रचण्ड–माधव पक्षले बिहिबार गरेको आम हड्तालमा भएको क्षतिको सरकारले क्षतिपुर्ति गर्ने बताउनुभएको छ ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले काठमाडौँमा आयोजना गरेको जनसभामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले बिहिबारको आम हड्तालमा भएको क्षतिको क्षतिपुर्ति सरकारले गर्ने बताउनुभएको हो । काठमाडौँमा तोडफोड भएको ट्याक्सीको क्षतिपुर्ति सरकारले गर्ने उहाँको भनाई छ । उहाँले जनतालाई दुख दिने, लुट्ने लगायतको क्षतिको पनि सरकारले क्षतिपुर्ति गर्ने पनि बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले आफुहरुको लडाइ अराजकताविरुद्ध भएको बताउनुभयो । आफुहरु मुलुकलाई आर्थिक समृद्धितर्फ जान नचाहानेहरुको विरुद्ध, मुलुकलाई अस्थिरतातर्फ लैजाने दुस्प्रयासको विरुद्ध लडाइ लडिरहेकोले लडाइँलाई कमजोर हुन नदिने उहाँको भनाई छ । उपप्रधानमन्त्री पोखरेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आधिकारिकता आफुहरुले पाउने दाबी गर्नुभयो । केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकतालाई कसैले तोड्न नसक्ने उहाँको भनाई छ । सुर्य चिन्ह ओलीले नेतृत्व गरेको नेकपाले प्राप्त र सुर्य चिन्ह लिएर जनताको ताजा जनमतमा जाने पनि उहाँको भनाई छ ।

उपप्रधानमन्त्री पोखरेलले आजको ठाउँमा आइपुग्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बिगतदेखिकै अवसरवाद जिम्मेवार रहेको बताउनुभयो । जतिसुकै छलछाम र षड्यन्त्र गरेपनि आर्थिक समृद्धिको यात्रालाई कमजोर बनाउन नसक्ने उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here