रौतहट २२ माघ ।
घेदुङको चन्द्रपुर नगर समितिले नगर प्रमुख रामचन्द्र चौधरीलाई बुधबार ज्ञापन पत्र बुझाएका छन तामाङ समुदायको राष्ट्रिय पर्व २८५७ सोनाम ल्होछार पर्वलाई तामाङ समुदायले हर्ष उल्लासका साथ मनाउने भएकाले सो पर्व मनाउन चन्द्रपुर नगरपालिकाले ३ दिनको सार्वजनिक विदा गराउनु पर्ने मागसहित ज्ञापन पत्र बुझाइएको नेपाल तामाङ घेदुङ का चन्द्रपुर नगर सचिव सुकेन्द्र बन्धु गोलेले बताए । नेपालमा बसोबास गर्ने विभिन्न जातजातीहरु मध्ये तामाङ जाती पनि एक रहेकाले लोकतान्त्रिक गणतन्त्रमा सबै जातजातीहरुलाई समान रुपमा हेर्नु पर्ने बताउदै माघ ३० गते ल्होछार पर्व पर्ने भएकाले माघ २९ , ३० र फागुन १ गते गरि ३ दिन चन्द्रपुर नगरपालिकाले सार्वजनिक विदा दिनु पर्ने आफुहरुको माग रहेको नगर अध्यक्ष लाल बहादुर दोङले बताउनु भयो । ज्ञापन पत्र बुझाउन नेपाल तामाङ घेदुङ प्रदेश २ अध्यक्ष यमलाल गोले , रौतहट अध्यक्ष बाल कुमार लामा नगर अध्यक्ष लमल बहादुर दोङ सचिव सुकेन्द्र बन्धु गोले लगायत नेपाल तामाङ घेदुङका नगर सदस्यहरुको बाक्लो सहभागीता रहेको थियो