जनकपुरधाम २२ माघ ।
नेकपाको प्रचण्ड नेपाल समूहले देशव्यापी रुपमा गरेको आज आमहड्तालको क्रममा जनकपुरमा बन्दको प्रभाव न्यून देखिएपछि बन्द गराउन सडकमा उत्रिएका प्रदर्शनकारी तथा प्रहरीबीच झडप हुँदा दुई पूर्वमन्त्रीसहित २८ जना घाइते भएको छ भने ११ जनालाई गिरफ्तार गरेको छ ।
जनकपुरधामस्थित शिवचोकमा बिहीबार दिउँसो बन्द गराउन पुगेका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि झडप हुँदा दुई पूर्वमन्त्री,एक नगरपालिकाका प्रमुखसहित २८ जना घाइते भएको जनकारी दिनुभयो ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा पूर्वमन्त्री रामचन्द्र झा, प्रहरी नायव निरीक्षक नागेन्द्र यादव, प्रहरी जवान लालबाबु राई, प्रदर्शनकारी कारीराम यादव र प्रदीप साह घाइते भएको र उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ । पूर्वमन्त्री झाको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको टाउकोमा ६ वटा टाँका लागेको छ । अन्य घाइते हुनेमा पूर्वमन्त्री मातृका यादव, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया, शिवकुमार गोइत, सुरेश कापर, रुपेश विराजी, उमेश कुमार साह, रञ्जित पाण्डे, अपराजय मण्डल, सुभाष मण्डल र विरजु विराजी रहेका छन् धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जनकारी लिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here