बारा २१ माघ
बाराको करैयामाईमा तस्कर समुहबाटै वन गस्ती माथी आक्रमण भएको छ। अक्रमणमा परि २ वन गस्ती गम्भीर घाईते भएको भएको छ। जिल्लाको करैयामाई गाउँपालिका वडा नं।७ पिपरा स्थित गाउँपालिका अध्यक्ष भुनेश्वर धामीले संचालन गरेको चिरान मिलमा वन गस्ती माथी आक्रमण भएको हो । मंगलवार राती मध्यरातमा काठ तस्करलाई पछ्याउँदै पुगेका वन गस्ती माथी तस्कर समुहले चिरान भित्र आक्रमण गर्दा दुई जना वन रक्षक गम्भिर घाईते भएका हुन् । तस्कर समुहले वन गस्तीको राईफल समेत खोसेर मरणनासन्न हुँने गरी कुटपीट गरे पछी प्रहरीको सहयोगमा उनीहरुको उद्दार गरिएको स्थानीयले बताएका छन् । गाँपालिका अध्यक्ष धामीको अगुवाईमा घटना गराईएको श्रोतले बताएको छ । वन गस्ती माथी आक्रमण भएको र हतियार खोसिएको खबर आए पछि प्रहरीको टोलीलाई राती नैं परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ । घाईते वन कर्मचारीहरुको कोहल्विमा सामान्य उपचार पछी थप उपचारका लागि बिरगंज पठाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here