काठमाडौं १९ माघ ।
झापाको कचनकबल गाउँपालिका १ घेराबारीस्थित अन्दाजी ६० वर्षीय गोबर्धन राजबंशीको घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका बेला वहाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेश थापाले जानकारी दिएका हुन् ।
राजवंशीको घरमा आज बिहान १ः२० बजे आगलागी भएको हो।आगलागीबाट ३ वटा घर पूर्ण रुपमा जलेर नस्ट भएको छ।आगलागीमा परी १ गाई, २ वटा बाछा र ३ वटा बाख्रा जलेर मरेका छन्। अहिलेसम्म आगलागीको कारण र क्षतिको विवरण नखुलेको प्रहरीले बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here