सर्लाही १९ माघ ।
सर्लाहीमा घर भई भक्तपुर नगरपालिका–१० कमल विनायकमा डेरागरी बस्ने १९ वर्षीया किशोरीलाई ३१ वर्षीय विकास तजलेला बलात्कार गरी फरार भएको आरोमा प्रहरीले नियन्त्रणमा लिएको छन् ग
माघ १४ गते दिउँसो किशोरीकै कोठामा पसेर डर, धम्की दिई बलात्कार गरी फरार रहेको भन्दै किशोरीले गत १६ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा किटानी जाहेरी दिएपछि प्रहरीले तजलेको खोजी गरेको थियो ।
तजलेलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।








