काठमाडौँ १९ माघ ।
धादिङको सिम्लेमा ट्रक ट्रक एक आपसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् सोमबार बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।दुर्घटनामा रड बोकेको ट्रकमा सवार दुई जनाको ज्यान गएको छ भने एक जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।रड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षति भएको छ भने अर्को ट्रकमा सामान्य क्षति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here