जनकपुरधाम १९माघ ।
सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लगी राष्ट्रिय परीक्षा बोर्डले बिहान १० बजे बोर्ड बैठक बोलाएका हुन् ।
गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ गर्नुभएको थियो ।
यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो ।
४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएका हुन्  ।
परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here