पर्सा १८ माघ ।
भारतमा पंक्षीजन्य बस्तुमा बर्डफ्लू फेला परेको हल्ला चलिरहेकै समयमा अवैध ढंगले नेपाल भित्र्याएका ४ हजार चल्ला बरामद गरी प्रहरीले पर्सामा नष्ट गरिएका हुन् ।
शनिबार एकाबिहानै भन्सार छली चोरीपैठारी गरी अवैध रूपले पर्साको वीरगन्ज महानगरपालिका-२४, तिलावे पुल नजिकबाट चल्ला नेपालतर्फ भित्र्याइँदै थियो। गस्तीमा रहेको पर्सा प्रहरीको टोलीले सो चल्ला बरामद गरेको पर्साका प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले जानकारी दिए।
बरामद गरिएका अवैध कुखुराका चल्ला जिल्ला प्रहरी कार्यालय पर्सा र पशु क्वारेन्टाइन कार्यालय सिर्सियाका प्रतिनिधिको संयुक्त टोलीले खाल्डो खनी नष्ट गरेको वहाले जनकारी दिनुभयो ।








