सुर्खेत १८ माघ ।
सुर्खेतमा लागु औषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । वीरेन्द्रनगर–४ स्थित एकता टोलबाट बाँके जिल्लाको खजुरा गाउँपालिका–८ घर भएका २८ वर्षीय सदाम खाँन र सब्बीर खाँनलाई प्रहरीले नियन्त्रणमा लिइएको हुन् ।
उनीहरुले आफ्नो कोठाबाटै लागु औषध कारोबार गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा लागू औषध व्यूरो शाखा कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले खोजतलासी गर्दा ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
डिएसपी घर्तीका अनुसार ३६० ग्राम लागु औषध ब्राउनसुगर बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here