महोत्तरी १८ माघ ।
महोत्तरीको भंगाहा नगरपालिकामा सनिवार बाट मेयर गोल्ड कप फुटवल प्रतियोगिता २०७७ सुरु भएको छ ।
एक समारोहबिच भंगहा नगरप्रमुख संजिव साहको अध्यक्षता तथा नेपाल फुटवल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ् सेर्पाको प्रमुख आतिथ्यमा खेलको उद्घाटन गरिएको हो ।उद्घाटन समारोहमा प्रदेश २ काआर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दहाल , प्रदेश २ का प्रहरी प्रमुख धिरज प्रसा सिंह, लगायतको उपस्थिति रहेको थियो ।
यस्तै शनिबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लव विजय भएको छ ।
त्रिभुवन आर्मी फुटवल क्लव र धराण फुटवल क्लव बीच भएको खेल बराबरी रोकिएपछी पेनाल्टी सुट आउटमा आर्मी बिजय भएको हो ।

पहिलो खेल त्रिभुवन आर्मी क्लव र धराण फुटवल क्लव बीच भएको खेलमा पेनाल्टीमा आर्मीका तर्फबाट ६ र धराणको तर्फबाट ५ गोल भएको थियो । धराण फुटवल क्लवको फितलो प्रदर्शन रहेको थियो भने खेल अवधी भरी त्रिभुवन आर्मी फुटवल क्लव हाबी रहेको थियो ।

सनिवारबाट सुरु भएको मेयर गोल्ड कप २०७७ मा राष्ट्रिय स्तरका ८ वटा क्लवहरुको सहभागिता रहेको छ । फुटवल प्रतियोगितामा त्रिभुवन आर्मी क्लव,काठमाडोै, धराण फुटवल क्लव, नेपाल एपीएफ क्लव काठमाडौं ,सतासीधाम स्पोटिङ्ग क्लव झापा, लेखनाथ युनाईटेड क्लव पोखरा,वेङ्गखाडी यूवा क्लव महोत्तरी, विजय यूथ क्लव हेटौंडा ,बागमती युवा क्लव सहभागी रहेका छन् ।
भंगाहा नगरपालिकाको आयोजना भएको यस प्रतियोगितामा प्रथम हुनेलाई ५ लाख पुरस्कार र दोस्रो हुनेलाई २ लाख पुरस्कार रहेको छ । खेलको म्यान अफ दि म्याच आर्मीका गोलकिपर विवस चौधरी भएका छन् । चौधरीले ५ हजार नगद र टर्फी सहित सम्मान गरिएको छ । आइतबार नेपाल एपीएफ क्लव काठमाडौं र सतासीधाम स्पोटिङ्ग क्लव झापा बीच खेल हुदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here