काठमाडौं १८ माघ ।
भक्तपुरमा जबरजस्ती करणीको आरोपमा एकजना युवक परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१० कमलविनायकका ३१ वर्षीय विकास तज रहेका हुन् ।
सोही ठाउँमा डेरा गरी बस्ने सर्लाही स्थायी घर भएकी १९ वर्षीय किशोरीलाई कोठामा एक्लै भएको मौका छोपेर जबरजस्ती करणी गरेको उजुरी परेपछि विकासलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक गिरीका अनुसार सामान्य चिनजान भएका विकासले डर धाक धम्की दिई बोल्न कराउन नदिई माघ १० गते दिउँसो ३ बजेको समयमा आफूलाई जबरजस्ती करणी गरेर फरार भएको किटानी जाहेरी प्रहरी समक्ष किशोरीले दिएकी थिइन् । सोही आधारमा १६ माघमा उनलाई पक्राउ गरिएको गिरीले जनाएका हुन् ।

गिरीका अनुसार जिल्ला अदालत भक्तपुरमा आइतबार नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here