सर्लाही, १७ माघ ।
प्रदेश २ को सलार्ही स्थित रहेको चक्रजनता सहिद गंगा मावि बरहथवाका विधार्थीहरुले नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्
विधालयमा नियमित अध्यापन नभएको डेस्कबेन्च लगायत भौतिक पुर्वधार व्यवस्थापनमा ध्यान नदिईएको भन्दै आक्रोशित विधार्थीशरुको समुहले नगरपालिका कार्यालयमा ढुंगामुढा सहित तोडफोड गरेको हुन् ।
पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर भुजेलले जानकारी दिए ।
त्यस्तै नगरपालिका कार्यालय भित्रै रहेको बा. २ च९३३७ नम्बरको कार पनि तोडफोड गरेका हुन्
विधालयका प्रधानाध्यापक रामबहादुर रायलाई पटक पटक माग राखेपनि पुरा नभएको र वडाध्यक्ष संजय गुप्तालाई समेत जानकारी गराउदा समेत मागको विषयमा कुनै सुनवाई नभएपछि आफुहरु आक्रोशित भएको कक्षा ११ मा अध्ययनतर विवेक गुप्ताले बताए ।
विधार्थीहरुले शैक्षिक भ्रमणका लागि समेत विधालय व्यवस्थापनसँग १ लाख २० हजार रुपैँया माग गरेका थिए । वडा अध्यक्ष गुपताले ६० हजार रुपैँया मात्र दिने बताएपछि विधार्थीहरु थप आक्रोशित भएको बताईएको छ विधालयका प्र.अ रायले आफुहरुलाई कुटाउने धम्की समेत
दिएको विधार्थीहरुको आरोप छ ।विद्यार्थीहरुले लेखा शाखा र प्रधानध्यापकको कार्यकक्षमा तोडफोड गरेका छन् । तोडफोडबाट कागजात, दुईवटा कम्प्युटर, कुर्सीलगायतका अन्य सामान तोडफोड गरेका विद्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here