चितवन १७ माघ ।
भरतपुर– १० मा बन्न लागेको सिटीहल (सभाहल) को नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन् ।
शनिबार चितवन आएका प्रधानमन्त्री ओलीले सिटी हलको शिलान्यास गरेका हुन् । शिलान्यासपछि प्रधानमन्त्रीले केन्द्रीय बस टर्मिलनमा हुने बृहत साभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ,र शहरी विकासमन्त्री प्रभु शाहलगायतको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वयन समितिको भवन पछाडि समन्वय समितिकै नाममा रहको सरकारी जग्गामा सिटी हल बनाउन लागिएको हो।चार विघा चार कठ्ठा जग्गामा हल निर्माण गर्न लागिएको छ । सरकारको बहुवर्षीय योजना अन्र्तगत सिटी हल निर्माण गर्न थालिएको हो । दुई हजार जना क्षमताको ठूलो सभा हल तथा तीन सय जना क्षमताको सानो हलसहित अति विशिष्ठ कक्षहरु निर्माण गरिने छ ।
२५ मिटर अग्लो सिटी हलमा २०्२० क्षमताको दुई वटा लिफ्ट राखिने छ । भने २७ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी यसै वर्षको मंसिर १८ गते ठेक्का सम्झौता भएको छ । ८७ करोड ८८ लाख रुपैयाँ लागतमा निर्माण सक्ने गरी सम्झौता गरिएको हुन् । संघीय सरकारको बजेटमा सिटी हल निर्माण गर्न लागिएको छ । सरकारले देशका ठूला सहरहरुमा सिटीहल निर्माण गर्ने योजना बनाएको छ । त्यही योजनाअनुसार भरतपुरमा पनि निर्माण कार्य अगाडि बढाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here