पर्सा १७ माघ ।
पर्साबाट लागूऔषध सहित दुईजनालाइ प्रहरिले पक्राउ गरेका छन। पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा–१२ बस्ने २५ वर्षीय साजत थिङ र कालिकामाई गाउँपालिका–३ हरिहरपुर विर्ताका ३० वर्षीय प्रेम हजरा रहेका छन् ।हजरालाई लागूऔषध चरेस र गाँजा सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो । शंका लागि चेकजाँच गर्दा हजराको घरबाट ७ सय ग्राम चरेस र १ किलो १ सय ग्राम गाँजा बरामद भएको उँहाले जनकारि दिनुभयो।भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना २५ प ४२१६ नं। को स्कुटीमा सवार थिङको साथबाट लागूऔषध बरामद भएको प्रहरीले बताएको छ । चेकजाँचका क्रममा थिङको साथबाट विंग्स वायोटेक अनरेक्स १ सय एमएलको १ सय बोत्तल, नुफिन, फेनार्गन, डाइजोपाम १५२ । १५२ एम्पुल गरी ४५६ एम्पुल, नाइट्राभेट ३० ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here