काठमाडौं १७ माघ ।
नेकपाको प्रचण्ड–माधव समूहले आज धनगढीमा विरोधसभा गर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध माघ १५ गते बुटवल र १६ गते हिजो विराटनगरमा विशाल प्रदर्शन गरेको यो समूहले आज धनगढीमा विरोधसभा गर्न लागेको छ ।
उपत्यका बाहिरका मुख्य शहर विराटनगर, बुटवल र धनगढीमा विशाल प्रदर्शन गरेपछि काठमाडौँमा माघ २८ गते अहिलेसम्मकै धेरै नेता कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने प्रचण्ड–माधव समूहको कार्यक्रम छ ।
काठमाडौँको माइतीघरमा पनि धर्ना जारी छ । बुधबारदेखि धर्ना सुरु गरेको प्रचण्ड–माधव समूहले माघ २१ गतेसम्म यसलाई निरन्तरता दिनेछ ।
प्रधानमन्त्री केपी ओलीको प्रतिगमनविरुद्ध निरन्तर सडक संघर्ष गरिरहेको प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा पुनःस्थापनाको विकल्न नभएको बताउँदै आएको छ । अहिले प्रतिनिधि सभा विघटनविरुद्धको एक दर्जन बढी मुद्दा सर्वोच्चमा सुनुवाइका क्रममा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here