रौतहट १६ माघ ।
माघ १५ गते बेलुका करिव ६ बजे ईलाका प्रहरी कार्यालय चपुर र लागू औषध नियन्त्रण व्यूरो, शाखा कार्यालय, विरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रौतहट चन्द्रपुर नगरपालीका १ स्थित पूर्व पश्चिम लोकमार्गमा चेक जाच गरेको थियो । सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बागमती बाट चपुर तर्फ आउँदै गरेको सर्लाही बागमती नगरपालिका ४ सुकदेव टोल बस्ने मुसहर कुश्वाहको छोरा २७ बर्ष को शेर बहादुर कुश्वाहा सवार बा ९३ प ८६१ नम्बरको को २२० सि.सि. रातो कालो पल्सर मोटर साईकललाई चेक गरिएको थियो । चेकजाँच गर्दा निजले लगाएको ज्याकेट भित्र पछाडीको भागमा लुकाई छिपाई ल्याएको पोलिथिन झोलामा सात वटा प्याकेटमा २,१००।Nitrazenpam Tablets IP NITRAVET-10 लागु औषध फेला परेक थियो । निजलाई सो लागु औषध र मोटर साइकल सहित नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा लगिएको हो । १६ गते सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here