काटमाडौँ १६ माघ ।
देशको निम्ति जीवन बलिदान गर्नेहरुको सम्झनामा आज देश भर शहीद दिवस मनाइँदै छ ।राणा शासनको विरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका धर्मभक्त माथेमा,शुक्रराज शास्त्री,दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइदै आएको छ । त्यस्तै शहीद दिवसको दिन जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ ।
शहीदहरुको स्मरणमा विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा साताव्यापी रुपमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाउने गरिएको हो । सप्ताहको आज अन्तिम दिन देशका विभिन्न स्थानमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।
सरकारले देश भर शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको छ ।वि सं १९९७ माघ १० गते शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । र नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here