जनकपुरधाम १४ माघ
भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप पहिलो दिन बुधबार प्रदेश २ लगायत देशै भर ९ हजार ८४ जनाले लगाएका छन् । कोभिड १९ खोप अभियान अन्तर्गतस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलुका ५ बजेसम्म ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएका हुन् ।प्रदेश २ को आठ जिल्लामा ७ सय २६ जनाले खोप लगाएका छन् ।यस्तै प्रदेश १ मा १२५५,गण्डकीमा १८४३, लुम्बिनीमा ७३३,वाग्मतीमा २६९४, सुदूरपश्चिममा १०८२ र कर्णालीमा ७५१ जनाले खोप लगाएको म्न्त्रालयले जनाएका छन् ।








