रौतहट १५ माघ ।
अबैध सालको काठ रौतहटको चन्द्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १० बलुवा गाउमा सञ्चालनमा रहेको बिश्वनाथ ठाकुरको समिलमा रहेको अवैध सालको काठ प्रहरीले बुधबार बरामत गरेको हो ।र सो मिलमा लुकाई छिपाई राखेको सालका काठ रहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका चन्द्रपुरनिमित कार्यालय प्रमुख प्रहरी निरिक्षक राम राजा केशरीको कमाण्डमा र प्रहरी चौकी बिश्रामपुरबाट तथा डिभिजन वन कार्यालय रौतहट चन्द्रनिगाहपुरबाट सयूक्त रुपमा खटिई गएको टोलीले २२.०७ क्यूफिट सालको काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।त्यसैगरि रौतहट वृन्दावन नगरपालिकाको ३ रामपुर टोलमा बिरेन्द्र ठाकुरको समिलमा खन्तलासी गर्दा १९.४८ क्यूफिट अवैध सालको काठ फेला परेको समेत प्रहरीले जानाकारी दिएको छ । दुबै स्थानबाट नियन्त्रणमा लिइएको सालको काठ आवश्यक थप कार्वाहीको लागि डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा बुझाईएको प्रहरी केशरी ले जानकारी दिनुभएको छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here